समाज

खोटाङमा दुई प्रहरी पुरस्कृत

महिला प्रहरी जवान सजिना भारतीलाई नगद पुरस्कार प्रदान गर्दै डिएसपी राजकुमार केसी। तस्बिर: नागरिक

खोटाङ – जिल्ला प्रहरी कार्यालयले दुई प्रहरी जवानलाई पुरस्कार प्रदान गरेको छ। अपराध न्यूनीकरण एवं सामाजिक सचेतनामा उल्लेखनीय योगदान पु-याएको भन्दै प्रहरी जवानद्वय कुमार भुजेल र सजिना भारतीलाई नगद पुरस्कारले सम्मान गरिएको हो।

महिला तथा बालबालिकाविरुद्ध हुने अपराध, लागुऔषध, ट्राफिक नियम, सरसफाइ, प्रहरी–समुदाय साझेदारीलगायतका क्षेत्रमा राम्रो काम गरेकाले उनीहरूलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार केसीले बताए।

हरेक महिना ‘बेस्ट पोलिस अफ द मन्थ’ घोषणा गरेर उत्कृष्ट प्रहरीलाई पुरस्कार प्रदान गर्ने गरेको प्रहरी कार्यालयले दुई प्रहरी जवानलाई नगद पुरस्कार प्रदान गरेको हो।

प्रकाशित: २९ माघ २०७५ ०३:२० मंगलबार

प्रहरी पुरस्कृत