समाज

फेरि एकाएक मौसम बदली

काठमाडौं - लगातार तीन दिनदेखि भएको वर्षा र हिमपात रोकिएकोे भोलीपल्टै मौसममा फेरि एकाएक बदली भएको छ। आइतबार खुलेको मौसममा सोमबार पुन बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सोमबार काठमाडौं उपत्यकासहित देशका विभिन्न भेगमा मौसम बदली हुनेछ।

पश्चिमको पहाडी क्षेत्रमा वर्षा तथा उच्च पहाडी भेगमा हिमपात हुने सम्भावना रहेको महाशाखाकी मौसमविद् मञ्जु बासीले बताइन्। उनका अनुुसार काठमाडौंमा पनि हल्का वर्षाको सम्भावना रहेको छ। देशको मध्य र पूर्वी क्षेत्रमा भने आज वर्षाको सम्भावना छैन तर मौसम बदली भने धेरैजसो ठाउँमा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै महाशाखाले आगमी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ। महाशाखाका अनुसार आज देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदलि रहने र बाँकी भुभागमा आंशिक बदली रहनेछ। उच्च पहाडी भेगका १–२ स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

आज राति देशको पश्चिमी र मध्य भु–भागमा आंशिक बदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ।यस्तै मंगलबार दिउँसो देशको पश्चिमी भु–भाग साथै पुर्व र मध्यका पहाडी भु–भागमा आंसिक बदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ। मंगलबार राति देशको पश्चिमी भु–भागमा आंशिक बदलि रहनेछ भने बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ।यस्तै बुधबार दिउँसो देशको पश्चिमी भु–भाग साथै पुर्व र मध्यका पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ। राति देशभरी आंशिक देखि सामान्य बदली रहनेछ।

प्रकाशित: २८ माघ २०७५ ०७:०६ सोमबार

मौसम वर्षा हिमपात