समाज

१५ हजार घुस सहित विद्युत् प्राधिकरणका सुपरभाइजर पक्राउ

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणका सुपरभाइजर महेन्द्र प्रधान १५ हजार घुससहित पक्राउ परेका छन्। अख्तियारको टोलीले उनलाई पुरानो बानेश्वर वितरण केन्द्रको कार्यालयबाट पक्राउ गरेको हो। सुपरभाइजर प्रधानले मिटरको क्षमता बढाउन सेवाग्राहीसँग घुस लिएका थिए।

 

प्रकाशित: २७ माघ २०७५ १२:४४ आइतबार

नेपाल_विद्युत्_प्राधिकरण अख्तियार घुस