समाज

ट्याक्टर पल्टिँदा चालकको मृत्यु

इलाम - इलामको देउमाई नगरपालिकामा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मेची राजमार्गमा पर्ने देउमाई नगरपालिका–१ देउरालीमा आइतबार विहान दुर्घटना भएको हो। दुर्घटनामा परी अन्दाजी २६ वर्षका चालक सुमन गुरुङको मृत्यु भएको हो। देउमाई–२ का गुरुङको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार को१त ४२६७ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट ५० मिटर झरेको हो। घटनामा इलाम नगरपालिका ८ का १५ वर्षीय लीला आचार्य र ताप्लेजुङका १७ वर्षीय रविन शंकर घाइते भएका छन्। घाइते दुवैको इलाम अस्पतालमा उपचार हुन नसकेपछि झापाको मनमोहन अस्पताल रेफर गरिएको जिल्ला प्रहरीका एसपी माधव श्रेष्ठले जानकारी दिए। 

प्रकाशित: २७ माघ २०७५ १०:०७ आइतबार

ट्याक्टर दुर्घटना चालक