समाज

कर्णालीका हिमशृंखला सेताम्मे

कालिकोटको शुभकालिका गाउँपालिकाको हाउँडीमा भएको हिमपात । तिस्बिर : पवित्रकुमार/नागरिक

कालिकोट – दुइ दिनसम्मको हिमपातले कर्णालीका हिमशृंखला सेताम्मे बनेका छन्। कर्णालीका हिमाली जिल्लामा यस बर्षकै हिउँदे सिजनमा धेरै हिमपात भएको छ।

कर्णालीको उच्च भेकमा मात्र नभइ दैलेख र सुर्खेतका लेकाली क्षेत्रमा पनि हिमपात भएको छ। माघ १५ गते देखि सिचो कम भएपनि पुनः हिमपात र निरन्तर बर्षाहुँदा फेरी सिचो बढेको छ। गएको साता हिमपातले लेकाली क्षेत्र मात्र सेताम्मे बनेका थिए ।

तर, अहिले भने, कर्णालीका दुर दराजका गाउँ समेत सताम्मे बनेका छन् । कर्णाली प्रदेशको कालिकोट, जुम्ला, मुगु, हुम्ला, डोल्पालगायतका जिल्लामा भारी हिमपात भएको छ। हिमपातले किसानको खेतबारीमा समेत असर पारेको छ। कालिकोटको लेकाली वस्तीमा करिव ३ फिट बरावरको हिउँ जमेको छ। कालिकोट भर्ताको हाउडीमा तिन फिट हिउँ जमेको वडाध्यक्ष कर्णबहादुर केसीले बताए। उनका अनुसार, यस वर्षकै धेरै हिमपात भएको छ। आवश्यकता भन्दा पनि धेरै हिमपात र बर्षा भएपछि किसानलाइ निकै समस्या भएको छ।

हिम सुन्दरताले मोहनी  
बिहानी पखको झुल्के घामसँगै कर्णालीका अग्ला डाँडाबाट सयौ सुन्दर हिमशृंखलाले मोहनी लगाएका छन्। माघ महिनाको अन्तिम साता पनि हिमपात हुँदा हिमालले मुस्कान दिइरहेका छन्। खडेरीको वेला सुख्खा देखिने कर्णालीका हिमाल आजभोली भने हिउँले निकै सुन्दर देखिएका छन।

डाँडाकाँडामा हिमपात र बर्षा भएपछि निकै सुन्दर देखिन थालेका छन्। कर्णालीमा हिउँले भरिएका सेता हिमालका चुचुरा नियाल्दा स्वर्गीय आनन्द मिल्ने गरेको छ। यहाँका स्थानीयसँगै बाहिरबाट आएका आन्तरिक पर्यटक हिउँसँगै लुकामारी गरिरहेका छन् । यहाँका धेरै हिमशृंखलासँग चिचोलाई भुलेर पनि रमाइ रहेका छन्। हिउँले टलक्क टल्केका हिमालतर्फ मुस्कुराउँदै धेरैले सुन्दरताको बयान गर्ने गरेका छन्।

सुन्दरताले भरिपुर्ण कर्णालीका हिमाल र बनजंगलको हिउँले ढाँकिएका छन्। काकिलकोटको डाँडाकाँडा र गाउँघर हिउँले भरिभराउ भएका छन। जिल्लाको रास्कोटको लेकाली क्षेत्र, सान्नीत्रिवेणीको उपैयाँडाँडा, नरहरीनाथको दुदुल्ली, र चुलीमालीका हिमाल हिउँले भरिभराउ छन्। हिमपातले भरिएको दृश्य नियाल्न आन्तरिक पर्यटकको भिड लाग्ने गरेको छ। माघको पहिलो साता नै हिमपात र बर्षा भएसँगै यो क्षेत्रमा बनजगंल र हिमालहरु रसाएका छन् । कर्णालीका हिमाली जिल्लामा घुम्ने र हेर्ने छोटा गन्तव्यहरू धेरै छन्। फुर्सदको सदुपयोग गरेर केही छोटा गन्तव्यमा आन्तरिक पर्यटकले पदयात्रा गरेर रमाइलो गर्ने गरेका छन्।

प्रकाशित: २६ माघ २०७५ ०६:३९ शनिबार

कर्णाली हिमपात हिमशृंखला सेताम्मे