समाज

देशैभर हिमपात (फोटोफिचर)

महाभारत होम स्टे, बेथान्चोक । तस्बिर: मधुसुधन /नागरिक

काठमाडाैं – देशैभर उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ।

काठमाडौं उपत्यका नजिकै रहेका पहाड फुलचोकी, शिवपुरी, नगरकोट, चन्द्रागिरीमा भारी हिमपात भएको छ। हिमपातसँगै काठमाडौं उपत्यकामा पनि चिसो बढेको महसुस भएको छ।

रसुवा, काभ्रे, धादिङ, गुल्मी लगायत देशैभरका उच्च तथा हिमाली भेगमा समेत भारी हिमपात भएको छ। हिमपात भएपछि हिउँ खेल्न युवायुवती हिमपात भएको ठाउँमा जान थालेका छन।

हिमपात उच्च_पहाडी हिमाली जनजीवन प्रभावित