समाज

यौन धन्दाको आरोपमा गेस्ट हाउस सञ्चालक पक्राउ

भक्तपुर – प्रहरीले यौन धन्दा गराएको आरोपमा एक गेस्ट हाउस सञ्चालकलाई पक्राउ गरेको छ। सूर्यविनायक नगरपालिका–८ आदर्शस्थित कस्तुरी चमेना गृह गेस्ट हाउसमा यौन धन्दा हुने गरेको भन्ने गोप्य सूचनाका आधारमा सञ्चालक गोतामेलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। 

प्रहरी अधिकृतसमेतको टोलीले खानतलासी गर्दा सो गेस्ट हाउसबाट अनैतिक क्रियाकलापमा संलग्न रहेकै अवस्थामा चार महिला र एक पुरुष गरी पाँच जनालाई पक्राउ गरेको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जनाए। 

कोठाभित्र अन्य प्रमाणसमेत बरामद गरी गेस्ट हाउस सञ्चालक तादी गाउँंपालिका–२ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने वर्ष ४५ वर्षीया गोमालाई समेत पक्राउ गरी जिल्ला अदालत भक्तपुरमा पेस गरिएकोमा म्याद थप गर्दै अनुसन्धान भइरहेको जनाइएको छ।

प्रकाशित: २५ माघ २०७५ ०४:०९ शुक्रबार

यौन_धन्दा सञ्चालक पक्राउ