समाज

कारको ठक्करबाट एकको मृत्यु

बारा- कलैया उपमहानगरपालिका १६ उत्तर झिटकैयामा बिहीवार भएको सडक दुर्घटनामा मोटरसाईकलमा सवार एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन्। पिलुवावाट कलैया तर्फ आइरहेको  बा १९ च ३७२९ कारले कलैयाबाट पिलुवातर्फ जाँदै गरेको ना ५० प १०८० नम्बरको मोटरसाईललाई ठक्कर दिएको बारा प्रहरीले जनाएको छ।

कारको ठक्करबाट मोटरसाईकल चालल जीतपुरसिमरा उपमहानगरपालिका १८ बडहर्वाका ३० वर्षिय संजिव ढकालको मृत्यु भएको छ भने अर्का सवार कलैया उपमहानगरपालिका २७ बस्ने बर्ष २४ का रंजित पटेल गम्भीर घाईते भएका छन्। गम्भीर घाईते भएका पटेललाई कलैया अस्पतालमा उपचार हुन नसकेपछि  वीरगञ्ज स्थित हेल्थकेयरमा पठाइएको बाराका प्रहरी नायब उपरीक्षक रंजित सिहँ राठौरले बताए। फरार रहेका कारका चालको खोजी भैरहेको प्रहरीले जनाएको छ।

 

 

प्रकाशित: २४ माघ २०७५ १३:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App