तनहुँ - तनहुँमा भएको सडक दुर्घटनामा १४ यात्रु घाइते भएका छन्। बिहीवार पृथ्वी राजमार्ग अन्तर्गत म्याग्दे गाउँपालिका–३ धयरेमा दुर्घटना भएको हो।
पोखराबाट काठमाडौँ जाँदै गरेको ग १ य १०४८ नम्बरको स्करपियो र काठमाडौंबाट पोखरा आउँदै गरेको बा ३ ख १०५९ नम्बरको माइक्रोबस एक आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।
घाइतेहरुको पोखराका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ। ५ जनाको गण्डकी अस्पतालमा, ६ जनाको मणिपाल शिक्षण अस्पतालमा र तीन जनाको फिस्टेल अस्पतालमा उपचार भइरहेको अर्यालले जानकारी दिए। घाइते मध्ये दुईको अवस्था गम्भीर छ। गम्भीर घाइते हुनेहरुमा बन्दीपुरकी रीता गुरुङकी एक वर्षीया छोरी नविया गुरुङ र २७ वर्षीय नामथर नखुलेकी एक महिला रहेकी छन्।
प्रकाशित: २४ माघ २०७५ १२:३५ बिहीबार