समाज

शैक्षिक हड्तालले देशरभरका विद्यालयको पढाइ प्रभावित

काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी) ले घोषणा गरेको आम शैक्षिक हड्तालका कारण बिहीबार देशभरका अधिकांश सामुदायिक र निजी विद्यालयको पठनपाठन प्रभावित भएको छ। 

अखिल (क्रान्तिकारी)का कोषाध्यक्ष नरेन्द्र विश्वकर्मालाई यही माघ १७ गते मोरङको विराटनगरमा गिरफ्तारी गरिएको विरोधमा शैक्षिक हड्ताल गरिएको संगठनका अध्यक्ष चिरञ्जीवी ढकालको विज्ञप्तीमा उल्लेख छ। 

काठमाडौं उपत्यकाका केही विद्यालयले पठन पाठन गराए पनि अधिकांश बन्द रहेका छन। कतिपय विद्यालयमा बिहान विद्यार्थी  आए पनि विद्यालयको गेटबाटै फर्किनु परेको छ।  सरकारले २०६८ सालमा विद्यालयलाई शान्ती क्षेत्र घोषणा गरी बन्द, हड्ताल, जस्ता गतिविधि गर्न नपाइने भन्ने निर्देशिका बनाए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन।

प्रकाशित: २४ माघ २०७५ ०५:४४ बिहीबार

नेत्रविक्रम_चन्द अखिल_(क्रान्तिकारी) शैक्षिक_हड्ताल विद्यालय