समाज

घरमा कोही नभएको बेला बन्दुक पड्काउँदा मृत्यु

रोल्पा - घरमा कोही नभएको बेला बन्दुक पट्काउदा रोल्पामा एक जनाको ज्यान गएको छ। आफैले चलाएको बन्दुकले रुन्टीगढी गाउपालिका वडा नं. ९ धाराटोल बस्ने मिशन बुढाको ज्यान गएको हो। 

परिवारिक स्रोतले प्रहरीलाई दिएको जानकारी अनुसार घरमा कोहि पनि नभएको समयमा मिसनले घरमा लुकाई राखिएको भरुवा बन्दुकले बाया छातीमा प्रहार गरेका थिए । प्रहरीका अनुसार उनको घटनास्थलै मृत्यु भएको थियो । घटनाबारे स्थानीयले प्रहरीलाई जानकारी गराउँन साथ प्रहरी घटना स्थलमा पुगेको थियो।

उनकी श्रीमती कल्पना बुढा बारीमा घाँस काट्न गएको र घरमा २८ महिनाको छोरी मात्र भएको समयमा मिसनले बन्दुक चलाएका थिए। ईलाका प्रहरी कार्यालय होलीबाट खटिएको प्रहरीटोलीले घटनास्थल कार्य सकेर लाश पोष्टमार्टमको लागि प्राथामिक स्वास्थ्य केन्द्र होलेरीमा ल्याएको छ। 

रोल्पा प्रहरी प्रमुख दिपक खड्काका अनुसार घटनाको थप अनुसन्धान कार्य भईरहेको छ । मृतकको आजै प्राथामिक स्वास्थ्य केन्द्र होलेरीमा पोष्टमार्टम गरिने छ ।

प्रकाशित: २४ माघ २०७५ ०४:२४ बिहीबार

बन्दुक मृत्यु रोल्पा