समाज

शिवरमा ९५ जनाको शल्यक्रिया

सर्लाही – भारतीय सीमावर्ती गोडैतामा आयोजित निःशुल्क आँखा शिविरमा ९५ जनाको मोतीबिन्दुको शल्यक्रिया गरिएको छन्।

गोडैता नगरपालिकाको आयोजनामा वडा ३ सीमरा भगवतीपुरस्थित जनता नमुना माध्यमिक विद्यालयमा सञ्चालित शिविरमा आँखा परीक्षण गराउने एक हजार तीन सय ३० मध्ये ९५ जनामा मोतियाबिन्दु देखिएको आयोजकले जनाएको छ।

नेपाली सेनाको पाँचकुमारस्थित रणशेर गणको समेत सहयोग रहेको शिविरमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौंको प्राविधिक सहयोग रहेको मेयर देवेन्द्रकुमार यादवले जानकारी दिए। मोतियाबिन्दुका बिरामीकाको शिविरमै निःशुल्क शल्यक्रियासमेत गरिएको नगरपालिकाले जनाएको छ।

शिविरमा आएका सर्वसाधारणलाई आवश्यकताअनुसार औषधि र चस्मासमेत निःशुल्क दिइएको छ। शिविरमबाट आयोजक नगरका साथै छिमेकी बलरा नगरपालिका तथा विष्णु, बलरा, चक्रघट्टा गाउँपालिका लगायतका सर्वसाधारण लाभान्वित भएका छन्। सोमबार सुरु आँखा शिविर बुधबार सम्पन्न भएको हो।

प्रकाशित: २४ माघ २०७५ ०२:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App