समाज

देशभर बर्षा, उच्च पहाडी तथा हिमाली भेगमा हिमपात

हिमावारीबाट लिइएको सेटेलाइट तस्बिर

काठमाडौं – पश्चिमी न्यून चापियका कारण देशभर केही स्थान वाहेक सवैतिर हल्का देखी मध्यम बर्षा भइरहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का देखी भारी हिमपात हुने छ। काठमाडौं उपत्यकामा पनि बिहीबार बिहानैदेखी सिमसिमे पानी परिरहेको छ।

मौसमविद् सुवास रिमालका अनुसार पश्चिमी क्षेत्रमा शनिबारसम्म बदली रही बर्षा भइरहने छ भने पूर्वी तथा मध्य क्षेत्रमा आइतबारपछि मात्रै आकाश खुल्ने छ। रिमालका अनुसार देशभर बिहीबार सामान्य देखि पूर्ण बदली रहने छ। साथै पश्चिमी र मध्य भेगका धेरै स्थानहरुमा हल्का देखी मध्यम बर्षा र पूर्वी भेगका केही स्थानहरुमा मात्र हल्का बर्षा हुने बताएका छन।

काठमाडौंमा शनिबार सम्म समान्य बर्षा भइरहने मौसमविद् रिमालले नागरिक अनलाइनलाई बताए। तर वर्षा भने लगातार नहुने रिमालले जानकारी गराएका छन। 

प्रकाशित: २४ माघ २०७५ ०१:०३ बिहीबार

मौसम बर्षा हिमपात