समाज

चितुवाको छाला सहित दुई जना पक्राउ

काठमाडाैं - प्रहरीले चितुवाकाे छाला सहित काठमाडाैंकाे नरेफाटबाट दुई जनालाई पक्राउ गरेकाे छ। महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले चितुवाकाे छाला सहित बुधबार काभ्रेपलान्चोक भकुण्डेवेसी ९ का १६ वर्षीय राज कुमार तामाङ र साेहि ठाउँ बस्ने १७ वर्षीय ईन्द्र कुमार तामाङ्लाई पक्राउ गरेकाे हाे।

पक्राउ परेका उनीहरुलाई महानगरीय प्रहरी वृत्त वानेश्वरमा थप अनुसन्धान पश्चात आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तिसार पठाईएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायव उपरिक्षक हाेविन्द्र वाेगटीले जानकारी दिए। 

प्रकाशित: २३ माघ २०७५ ११:०५ बुधबार

चितुवा छाला पक्राउ