समाज

छात्रालाई पोर्न फिल्म देखाएर यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

डोटी- लामो समयदेखि जिल्लामा शिक्षण पेशामा रहेका एक शिक्षकले नौ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लालबहादुर धामीका अनुसार बालिकालाई एकान्त कोठामा लगी अश्लील चलचित्र देखाउँदै दुर्व्यवहार गरेको भन्ने उजुरी परेको छ। दुर्व्यवहार गर्ने शिक्षकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको छ। 

पीडित पक्षको जाहेरीका आधारमा निजमाथि छानबिन गरी सोही अनुसार मुद्दा चलाइने प्रहरीले जनाएको छ। प्रहरीले विद्यार्थीमाथि यौन दुव्र्यवहार गर्ने ५१ वर्षीय शिक्षकको नाम भने गोप्य राखेको छ। रासस

प्रकाशित: २२ माघ २०७५ १३:२२ मंगलबार

यौन_दुर्व्यवहार छात्रा शिक्षक