समाज

प्रजिअकाे गाडी चालक कुर्मी प्रहरी नियन्त्रणमा

गाडी चालक जगत नारायण राउत कुर्मी।

बारा - जिल्ला प्रशासन कार्यालय बाराका गाडी चालक जगत नारायण राउत कुर्मीलाई बारा प्रहरीले अनुसन्धानको लागि बिहीबार नियन्त्रणमा लिएको छ।

माघ १२ गते शनिबार राति बाराका प्रमुख जिल्ला अधिकारी र सशस्त्रका एसपी सवार गाडीको चालक रहेका कुर्मीलाई अनुसन्धानको क्रममा नियन्त्रणमा लिइएको बारा प्रहरीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय बाराको ना १ झ १६३३ नम्बरको गाडी तिब्र गतिमा कुर्मीले चलाउँदा गाडी अनियन्त्रित भई राजमार्गमै रोकी राखेको ढुंगा लोड गरेको ट्रलीमा गएर ठोकिँदा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा परी सशस्त्र प्रहरी १२ नम्बर बलका एसपी बलराम पोखरेलको घटनास्थलमा नै मृत्यु भएको थियो भने बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईको अवस्था गम्भीर रहेको छ। अवस्था गम्भीर रहेका प्रजिअको काठमाडौँ स्थित ग्राण्डी अस्पतालमा उपचार भइरहको छ।

 

प्रकाशित: १७ माघ २०७५ १४:४७ बिहीबार

जिल्ला_प्रशासन_कार्यालय गाडी_चालक नारायण_राउत_कुर्मी