समाज

फरार अभियुक्त पक्राउ

रुकुम - जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) ले एक फरार अभियुक्तलाई दुई महिलापछि पक्राउ गरेको छ। जबरजस्ती करणी मुद्दामा उच्च अदालत तुल्सीपुर दाङले दोषी ठहर गरेका जिल्लाको बाँफिकोट गाउँपालिका–१ का ६३ वर्षीय भद्रबहादुर कामीलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनकारी दिएकाे छ।

उच्च अदालतले कामीलाई गत मंसिर २७ गते दोषी ठहर गर्दै पाँच वर्षको लागि कैद भुक्तान गर्न फैसला सुनाएको थियो। अदालतको फैसला पछि फरार रहेका उनलाई बुधबार दिउँसो घरमै लुकिछिपि बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) का प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए। पक्राउ परेका कामीलाई जिल्ला अदालतमा उपस्थित गराएर कैद भुक्तानको लागि कारागार चलान गरिएको छ।

 

प्रकाशित: १६ माघ २०७५ ११:५८ बुधबार

जबरजस्ती_करणी अभियुक्त पक्राउ