समाज

घरमा आगलागि हुँदा ११ महिने बालकको मृत्यु

रामेछाप - रामेछापकाे मन्थली नगरपालिका वडा नं ६ डाङसिङटारकाे एक घरमा आगलागि हुँदा ११ महिने बालक दिपेन्द्र मगरको जलेर मृत्यु भएको छ। सोमबार विहान बच्चा घरमा सुतिरहेको अवस्थामा घरमा आगलागि हुँदा बच्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

बच्चालाई घरमा सुताएर बाबुआमा मेलापातमा गएको बेला घरमा एक्कासी आगो लाग्दा बालकको जलेर मृत्यु भएको रामेछाप नगरपालिका ७ का वडाध्यक्ष समिर कार्कीले जानकारी दिए। घरमा कसरी आगो लाग्यो भन्ने बारेमा पत्ता नलागेको र प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक अमरेन्द्र बहादुर सिंहले जानकारी दिए।

प्रकाशित: १४ माघ २०७५ १०:२८ सोमबार

आगलागि बालक