समाज

घाइते प्रजिअलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

काठमाडौं- सवारी दुर्घटनामा घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईलाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको छ। आइतबार प्रजिअ भट्टराई चढेको ना १ झ १६६३ नम्बरको गाडी हरिवनबाट कलैयातर्फ जाने क्रममा पूर्वपश्चिम राजमार्गमा रहेको पचाह खोला नजिकै रोकिराखेको ट्याक्टरको ट्रलिसँग ठोक्किन पुगेको थियो। दुर्घटनामा सशस्त्र प्रहरीका एसपी बलराम पोखरेलको मृत्यु भएको थियो।

वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार गराएका प्रजिअ भट्टराईलाई थप उपचारको लागि ग्रान्डी अस्पताल ल्याएको छ। उनलाई लिन चिकित्सक सहितको टोली वीरगञ्ज आएको थियो। दुर्घटनामा उनीहरुसँगै गाडीमा सवार नेपाल प्रहरीका हवल्दार शम्भु गुरुङ र सशस्त्रका जवान संजय यादव र गाडीका चालक जगत प्रसाद राउत घाइते भएका थिए।

 

प्रकाशित: १३ माघ २०७५ ०९:५८ आइतबार

सवारी_दुर्घटना एसपी बारा