समाज

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

तनहुँ- तनहुँमा शुत्रबार बेलुकी परेको चट्याङ र ट्याक्टरले किचेर दुईको मृत्यु भएको छ। ऋषिङ गाउँपालिका-१ सेताङ्गकि २० वर्षिय मिनामाया थापाको मोवाइल चार्ज गर्ने त्रममा चट्याङ लागेर मृत्यु भएको हो। ऋषिङ-२ लामास्वारा स्थित माईत घरमा मोवाईल चार्ज गने त्रममा चट्याङ लागेर महिला गम्भीर घाइते भएपछि दमौली अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

त्यस्तै बुद्वसिंह मार्ग अन्तर्गत व्यास-१३ बेलवासमा ग १ त ४६७१ नम्बरको   ट्याक्टरमा सवार युवालाई ट्याक्टरले च्यापेर मृत्यु भएको  छ। मृत्यु हुनेमा गुल्मी  फोक्सिङका २२ बर्षिय सुर्य नेपाली रहेको प्रहरीले जनाएको छ। ट्याक्टर र चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ।

प्रकाशित: १२ माघ २०७५ ०५:३२ शनिबार

चट्याङ दुर्घटना