समाज

लहानमा बस दुर्घटना, ३१ यात्रु घाइते

दुर्घटनाग्रस्त बस। तस्बिर : मिथिलेश/नागरिक

लहान - पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका ४ मा शुक्रबार यात्रु बस दुर्घटना भएको छ। दुर्घटनामा ३१ जना यात्रु घाइते भएका छन्। जसमध्ये दुई जनाकाे अवस्था गम्भीर रहेकाे छ।

राजविराजबाट जनकपुतर्फ आउँदै गरेको ना ५ ख २५८८ नम्बरको बसका चालकले नियन्त्रण गुमाउँदा धनुषा नगराइन नगरपालिकाका ४५ वर्षीय रामप्रताप राउत र विरगञ्ज उपमहानगरपालिकाका दिपराज यादव गम्भीर घाइते भएका हुन्।

उनीहरुलार्इ थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका इन्सपेक्टर मिलन बस्नेतले बताए। बाँकी घाइतेहरुको कर्जन्हा स्थित फूलकुमार मेमोरियल अस्पताल, मिर्चैया स्थित विभिन्न नर्सिङ होम र क्लिनिकहरुमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: ११ माघ २०७५ १४:३० शुक्रबार

बस_दुर्घटना सिरहा