समाज

अपहरणमा परेकी बालिकाकाे सकुशल उद्धार

काठमाडाैं - काेटेश्वरबाट आज (शुक्रबार) विहान अपहरणमा परेकी बालिकाकाे सकुशल उद्धार गरिएकाे छ। धनुषा स्थायी घर भएकी कविता शाहकी २ वर्षीया छोरी काेटेश्वरबाट अपहरणमा परेपछि प्रहरीले उनकाे खाेजि तिव्र पारेकाे थियाे।

प्रहरीले बालिकालाई तिलगंगाबाट उद्धार गरेकाे हाे। प्रहरी परिसर टेकुबाट खटिएकाे टाेलीले बालिकालाई गणेश होटेलबाट सकुशल उद्धार गरेकाे गौशला प्रहरी वृत्तका प्रमुख सुनिल मल्लले बताए।

प्रकाशित: ११ माघ २०७५ १०:४५ शुक्रबार

अपहरण उद्धार