समाज

कठ्याङ्ग्रिएर एकको मृत्यु

जुम्ला - जुम्लामा भारी हिमपातका कारण कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ। सिजा गाउँपालिका ६ जोडु गाउँका २७ वर्षीय शिवचन्द्र बुढाको घर फर्कदै गर्दा गाडेखरुको लेकमा कठ्याङ्ग्रिएर मृत्यु भएको हो।

स्थानीय नरवहादुर बुढाका अनुसार मृतक शिवचन्द्र राडिपाखी खरिद गर्न पातारासी गाउँपालिकाको पट्मारा गाउँमा गएका थिए। राडिपाखी खरिद गरेर फर्कने क्रममा चिसोले कठ्याङ्ग्रिएर उनकाे मृत्यु भएकाे हाे। हिउँ पर्दै गर्दा नहिड्न पट्मारा गाउँबासीले आग्रह गरेपनि उनीहरुको आग्रहलाई लत्याउँदै अटेर गरेपछि चिसाेले उनको ज्यान लिएकाे बुढाले बताए। उनीसँगै उनका दाइ बाचे बुढा पनि सँगै रहेका थिए। दाइ बाँचे चिसोले गर्दा लेकमा रहेकाे गोठमा अचेत अवस्थामा भेटिएका थिए। अचेत अवस्थामा भेटिएका बाचेलाई जोडु गाउँका स्थानीयले उद्धार गरेका थिए।

 

प्रकाशित: १० माघ २०७५ १०:३६ बिहीबार

जुम्ला कठ्याङ्ग्रिएर हिमपात