समाज

ताप्लेजुङमा हिमपात (फोटो फिचर)

ताप्लेजुङ – यो वर्षको हिउँदमा ताप्लेजुङमा दोस्रो पटक हिमपात भएको छ। करिब २५ दिनको अन्तरालमा यहाँ दोस्रोपटक हिमपात भएको हो। यति धेरै परिमाणमा हिमपात भएको चाँही करिब ५ वर्षको अन्तरालमा यो पटक हो।

सदरमुकामको सुकेटार आसपाससम्म नै हिमपात भएको छ। हिमपात भएपछि यहाँका डाँडाकाँडा सेताम्मे भएका छन्। पाथीभरा क्षेत्रको माथिल्लो फेदीका इन्द्रनारायण भट्टराईले करिब पाँचवर्ष पछि यति बाक्लो हिमपात भएको जानकारी दिए।

पाथीभरा मन्दिरमा पुजारी डिल्ली आचार्यले बाक्लो परिमाणको हिमपातले चिसो बढाएपनि हिमपातकै सिजनमा पनि पाथीभरा मन्दिरमा दर्शनार्थी आएकोमा खुसी व्यक्त गरे। मन्दिरको दशन गर्ने केहिल भने बाटोमा हिउँका कारण मन्दिर आउन–जान केहि समस्या भएपनि लामो समयपछि परेको बाक्लो हिउँमा रमाउन पाउँदा खुसी लागेको बताए।

हिउँको रमझम कस्तो रह्यो त हेरौं नागरिककर्मी खगेन्द्र अधिकारीले करिब ३ हजार ४ सय मिटर उचाईको माथिल्लो फेदीसम्म पुगेर कैद गर्न भ्याएका तस्बिरहरू।

ताप्लेजुङ हिमपात हिउँ