समाज

पहिराेले कालीगण्डकी नदी थुनियाे, सावधानी अपनाउन आग्रह

काठमाडाैं - मुस्ताङको घरापजोङ गाउँपालिका-१ मा गएको पहिरोका कारण कालीगण्डकी नदी केहि मात्रामा थुनिन पुगेको छ। जल तथा मौसम विज्ञान विभागले दिएको जानकारी अनुसार थुनिएको नदीले खासै ठुलो असर नगर्ने देखिएको तर नदी खोल्ने क्रममा बेनी बजार सम्मको तटीय क्षेत्रको वहावमा सामान्य बदलाव आउन सक्ने देखिएको छ। विभागले तटीय क्षेत्र आसपास रहेको बस्तीमा सावधानी अपनाउन समेत आग्रह गरेको छ। 

अपडेटः
भर्खरै प्राप्त सूचना अनुसार मुस्ताङ जिल्ला घरापजोङ गाउपालिका-१ मा खसेको पहिरोले कालिगण्डकी नदी केहि मात्रामा थुनिन गएको छ। उच्च जोखिम हुने नदेखिएतापनि नदी खोलिने क्रममा तल्लो तटिय वेनि बजार सम्मको क्षेत्रमा बहाबमा सामान्य बदली आउन सक्ने हुंदा सामान्य सतर्कता अपनाउन अनुरोध।

— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) January 23, 2019

 

 

प्रकाशित: ९ माघ २०७५ ०९:४७ बुधबार

मुस्ताङ पहिरो कालिगण्डकी_नदी