समाज

चट्याङ लागेर १ जनाको मृत्यु, दुई घाइते

डडेल्धुरा – डडेल्धुरामा चट्याङ लागेर मंगलबार १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा आलिताल गाउँपालिका–३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापा रहेका छन्।

मंगलबार बिहान १० बजेतिर घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए।

यस्तै आलिताल गाउँपालिकाकै वडा नम्बर ५ भित्रीसैनमा पनि चट्याङ लागेर २ जना घाइते भएका छन्। घाइते हुनेमा मानबहादुर विष्ट र गोमती विष्ट रहेका छन्। दुबै जनालाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल लगिएको प्रहरीले जनाएको छ।

प्रकाशित: ८ माघ २०७५ ०८:४७ मंगलबार

डडेल्धुरा चट्याङ मृत्यु