समाज

ट्रयाक्टर दुर्घटनामा १ जनाको मृत्यु, एक गम्भीर घाइते

महोत्तरी – महोत्तरीको बर्दिवास नगरपालिका १० स्थित बाँके जंगलमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। घटनामा अर्का १ गम्भीर घाइते भएका छन्।

ना६त ५६१५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक रौतहट चन्द्रपुर नगरपालिका ९ बस्ने ५० वर्षीय सागर मन्सुरीको मृत्यु भएको हो। दुर्घटनामा परि चन्द्रपुर नगरपालिका ९ कै २१ वर्षीय विनोद राम गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्रबहादुर खड्काले बताएका छन्।

रुई काटने मेसिन जडान रहेको सो ट्रयाक्टर तिव्र गतिका कारण दुर्घटनाग्रस्त हुन पुगेको र चालक मन्सुरको घटनास्थलमै मृत्यु भएको हो। घाइते रामको भने स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ।

प्रकाशित: ८ माघ २०७५ ०६:०३ मंगलबार

महोत्तरी ट्रयाक्टर_दुर्घटना मृत्यु