समाज

हुम्लामा भारी हिमपात, हवाइ सेवा बन्द

हुम्ला - हुम्लामा भारी हिमपात परेको छ।  बिहान ३ बजेदखि परेको हिमपातले विभिन्न स्थान सेताम्य भएका छन्। हिमपातका कारण जाडो बड्नुका साथै जनजिवन कष्टकर बनेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ। अधिकांश बस्ती हिउँले ढाकिएका छन।  हिमपातले सदरमुकाम सिमकोटमा ढेड फिट हिउँ जमेको सहायक प्रमुख जिल्ला महेश कुमार पोखरेलले बताए।

सिमकोटमा हिउँ डेड फिट हिउ जमे पनि उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिको मुचु, लिमी, यारी गाउँमा भने तीन फिटभन्दा बढी हिउँ जमेको बताइएको छ। हिमपातका कारण नाम्खा गाउपालिकाका सबै बस्ती सम्पर्कविहीन भएका छन्। हिमपातसँगै सिमकोटको तापक्रम माइनस आठ डिग्री सेल्सियस भएको छ। चिसोले गर्दा घरबाट निस्कन समेत समस्या भएको छ। दक्षिण क्षेत्रमा रहेको केही स्थानमा वर्षा भएकोे पनि भएको छ।

हिउँ परेको स्थानमा धाराका पानी जमेको छ। पानी जम्दा स्थानीयहरुलाई खानेपानीको समस्या भएको छ। हिमपातले नेपालगन्ज र सुर्खेतबाट उडान हुने हवाइ सेवा समेत बन्द भएका छन।  हिमपात भएसंगै चैत महिनामा हुने एसइईको तयारी गरिरहेका विद्यार्थीलाई भने कोचिङ्ग कक्षा लिन समस्या भएको शिक्षकहरु बताउँछन्। विद्यर्थी माइकल बोहराले भने,‘ हिमपातले पढाईमा समस्या भएको छ।’ चिसोले कक्षा कोठामा पनि बस्न नसकिने स्थिति बनेको छ।

हुम्ला हिमपात जाडो जनजिवन हवाइ_सेवा