समाज

ट्याक्टर दुर्घटनामा परी बृद्धको मृत्यु

उदयपुर- उदयपुरमा सोमबार दिउँसो ट्याक्टर र मोटरसाईकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा एक बृद्धको मृन्यु भएको छ। त्रियुगा नगरपालिका १४ साउनेदेखि धाब्लाङ जाने सडक खण्डमा मोटरसाइकल ट्याक्टरमा ठोक्किन पुग्दा पछाडि सवार ६० वर्षीय प्रेमबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। 

सप्तकोसी नगरपािलका १ फत्तेपुरका स्थायी बासिन्दा तामाङ छोरासहित मोटरसाईल चढेर आफन्तको बिहे खान गईरहेका बेला दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका अनुसार स १ त ६१५२ नं. को ट्याक्टरलाई ओभरटेक गर्ने क्रममा कच्ची सडकको धुलोमा फसेर अनियन्त्रित हुन पुगेको स ७ प ५१९३ नं. को मोटरसाईकल चिप्लेर ट्याक्टरमा ठक्कर खान पुग्दा दुर्घटना भएको हो। 

घट्ना लगत्तै ट्याक्टर चालक फरार भएका छन् । मोटरसाईकल चालक मृतकका छोरा एजिट तामाङ सकुशल रहेको प्रहरीले जनाएको छ। ट्याक्टरलाई साउने प्रहरी चौकीले नियन्त्रणमा लिएर राखेको छ भने मृतकको लास पोष्टमार्टमका लागि सदरमुकाम गाईघाट ल्याएको छ।

प्रकाशित: ७ माघ २०७५ १४:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App