समाज

घट्यो चिसो

काठमाडौं – काठमाडौंको चिसो क्रमिक रूपमा घट्न थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आइतबार काठमाडौंको तापक्रम अधिकतम १९.५ र न्यूनतम तापक्रम ३.३ पुग्यो। शनिबार आइतबारको न्यूनतम तापक्रम ३.८ र अधिकतम १९ पुगेको थियो। पुसमा भने तापक्रम घटेर ०.५ सम्म पुगेको थियो।

महाशाखका मौसमविद् वरूण पौडेलले हिँउदे वर्षापछि तापक्रम बढ्ने सम्भावना रहेको बताए। पश्चिमा वायुको प्रभावले सोमबार, मंगलबार र बुधबार हल्का वर्षाको सम्भावना रहेको र काठमाडौंमा पनि वर्षा हुनसक्ने उनले जनाए।

महाशाखाका अनुसार सोमबार दिउँसो देशको पश्चिमी र मध्य भागका केही स्थानमा सामान्यतया बदली र छिटफुट वर्षा हुने तथा अन्य भेगमा आंशिक बदली हुनेछ। तर, देशको पश्चिमी र मध्य भागका हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको पनि जनाइएको छ। महाशाखाका अनुसार माघ १५ सम्म तापक्रम घट्ने क्रम जारी रहन्छ। यस वर्ष माघको पहिलो साताबाटै चिसो घट्दै जाने सम्भावना रहको मौसविद्हरूले जनाएका छन्।

प्रकाशित: ७ माघ २०७५ ०४:०९ सोमबार

चिसो मौसम_पूर्वानुमान_महाशाखा तापक्रम