समाज

युवक मृत फेला

मृत अवस्थामा फेला परेका तेज वहादुर मगर र स्थानीय । तस्बिर : नागरिक

भोजपुर – भोजपुर नगरपालिका –७ बसपार्क नजिकै एक युवा मृत अवस्थामा फेला परेका छन्।

आइतवार ओखलढुङ्गा ज्यामिर घर भई हाल भोजपुर सदरमुकाम वस्दै आएका भिम वहादुर मगरका ३२ वर्षीय छोरा तेज वहादुर मगर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।  आवश्यक प्रक्रिया पुरा गरी शवलाई  पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुरमा पठाएको प्रहरीको वताएका छन। मृत मगर क्षयरोगका कारण वेला – वेलामा लडिहिड्ने गरेको पारिवारिक श्रोतले वताएको प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको जनाएको छ।

प्रकाशित: ६ माघ २०७५ १२:४६ आइतबार

भोजपुर युवा मृत