समाज

युवककाे शव फेला

रुकुम - रुकुम (पश्चिम) को सदरमुकाम मुसिकोट खलंगामा एक युवाको शव फेला परेको छ। नगरपालिका–५ सेरीगाउँमा सोही गाउँका ३४ वर्षीय प्रकाश परियार मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कर्यालय रुकुम (पश्चिम) ले जानकारी दिएको छ। शनिबार साँझ बजारबाट अत्याधिक मदिरा सेवन गरेर घर गएका उनी बीच सडकमै आइतबार बिहान मृत अवस्थामा फेला परेका बताइएको छ।

परियारको शवलाई आइतबार जिल्ला अस्पताल सल्लेमा पोष्टमार्ट पछि आफ्न्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) का निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले जानकारी दिए। अत्याधिक मदिरा सेवन गरेका कारण परियारको निधन भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धान भइरहेको प्रहरीको जनाएकाे छ। 

 

प्रकाशित: ६ माघ २०७५ १२:१३ आइतबार

रुकुम_(पश्चिम) मदिरा_सेवन