समाज

पत्रकार ढकालको हत्या आरोपमा दुई पक्राउ

हेटौँडा- पत्रकार मनोहर ढकालका हत्या आरोपमा दुई जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ। 
पक्राउपर्नेमा हेटौँडा–११ नवलपुरका १९ वर्षीय अनमोल पुडासैनी र मनहरी–१ का प्रवीण वाइबा रहेका छन्। अभियुक्तद्धयले पत्रकार ढकालको घाँटी थिचेर तथा मुक्का र ढुङ्गा प्रहार गरी हत्या गरेको स्वीकारेका प्रहरीले जनाएको छ। 
त्यस्तै दिनेश मोबाइल एण्ड इलेक्टोनिक्स सेन्टरका दिनेश थापामगर र नारायणी सुनचाँदी पसलका नारायणबहादुर सुनारलाई पनि प्रहरीले पक्राउ गरेको छ। हत्यारासँग विनाबिल मोबाइल तथा सुनको औँठी किनेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ। लुटपाटका कारण हत्या गरेको भनिए पनि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 
गत पुस २५ गते ढकाललाई राप्ती पुल नजिकै जङ्गलमा गम्भीर घाइते अवस्थामा भेटाइएको थियो। तत्काल हेटौँडा अस्पताल पुर्‍याइएका उनलाई अस्पतालले मृत घोषित गरेको थियो। विगत १५ वर्षदेखि विभिन्न रेडियोमा काम गर्दै आएका ढकाल रेडियो अनमोलमा कार्यरत थिए। 
ढकाल बुद्धमाध्यामिक विद्यालय हेटौँडा–१२ का शिक्षकसमेत रहेका थिए। रासस

 

प्रकाशित: ५ माघ २०७५ १२:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App