समाज

बन्दको अवज्ञा गरेको भन्दै ट्रकमा आगजनी

सुर्खेत - बन्दको अवज्ञा गरेको भन्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी)ले सुर्खेतमा दुई वटा ट्रकमा आगजनी गरेको छ। बन्दको अवज्ञा गरेको भन्दै विप्लवका कार्यकर्ताहरुले शनिबार विहान रत्न राजमार्ग अन्तरगत भेरीगंगा नगरपालिका–२ सत्तरीमा भे६ख ७२१३ र बराहताल गाउँपालिकाको बड्डीचौरमा ना६ख १७३२ नम्वरको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ ।

पुस २२ गते वीरेन्द्रनगरका एक व्यापारीलाई बन्धकबनाएर चन्दा मागिरहेको अवस्थामा प्रहरीले विप्लव समूहका भेरी ब्यूरो सदस्य गोविन्द योगी र अनेरास्वयू क्रान्तिकारी सुर्खेतका अध्यक्ष कमल बुढालाई पक्राउ गरेको थियो। पक्राउ परेकाकार्यकर्ताहरूलार्इ नि:शर्त रिहाईको माग गर्दै विप्लवले शनिबार सुर्खेत बन्दको आव्हान गरेको हाे।

प्रकाशित: ५ माघ २०७५ ०२:३८ शनिबार

नेत्र_विक्रम_चन्द विप्लव बन्द आगजनी