समाज

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

खोटाङ– ट्याक्टर दुर्घटनामा परी खोटाङमा एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। जन्तेढुंगा गाउँपालिकाको चिसापानीबाट बराहपोखरीको बंशिलाघाटतर्फ जाँदै गरेको को २ त ६१७४ नम्बरको ट्याक्टर पल्टिँदा उदयपुर चौदण्डीगढी नगरपालिका ७ का २२ वर्षीय टंक श्रेष्ठको मृत्यु भएको हो। उनको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार केसीले बताए।  

बराहपोखरी गाउँपालिका–५ पौवासेरास्थित सोरखानीमा बुधबार साँझ भएको दुर्घटनामा बराहपोखरी गाउँपालिका–४ फाक्टाङका इन्द्र श्रेष्ठ र उदयपुर चौदण्डीगढी नगरपालिका–८ का देवकुमार राई घाइते भएको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि अन्यत्र पठाइएको छ। ब्रेक फेल हुँदा ट्याक्टर पल्टिएको अनुमान गरिएको छ। 

प्रकाशित: ३ माघ २०७५ ०४:२९ बिहीबार

ट्याक्टर_दुर्घटना खोटाङ