समाज

आफ्नै शिशु मार्ने आमा पक्राउ

काठमाडौं - आफ्नै शिशुलाई मारेर फालेको अभियोगमा प्रहरीले बुधबार एक महिलालाई पक्राउ गरेको छ। काठमाडाैं महाबौद्धस्थित आफ्नै कोठामा गत मंगलबार नवजात शिशु जन्माइ मारेर फरार हुँदै आएकी कपिलवस्तुकी मञ्जु चौधरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ। शिशुको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज राखिएको र घटनाको सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: २ माघ २०७५ १२:२६ बुधबार

शिशु हत्या पक्राउ