समाज

काठमाडाैंमा ग्यास सिलिण्डर विष्फाेट, एककाे मृत्यु

काठमाडाैं - काठमाडौंमा ग्यास सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन्। गोंगबु स्थित पिस ग्लास हाउसमा बुधबार भएको विष्फोटमा परी मृत्यु हुनेमा नुवाकोट बेल्कोट घर भएका ३२ वर्षीय काजी तामाङ रहेका प्रहरीले जानकारी दिएको छ। गम्भीर घाइते भएका उनलाई उपचारको लागि त्रिवि शिक्षण अस्पताल लगिएकोमा अस्पतालमै मृत्यु भएको हो। घटनामा परी राजु बिसी, कैलाश श्रेष्ठ, अनिल पोखरेल र रेशम तामाङ गम्भीर घाइते भएका छन्।

प्रकाशित: २ माघ २०७५ १२:०९ बुधबार

ग्यास_सिलिण्डर विष्फोट