समाज

चितुवाको आक्रमणबाट बालक घाइते

बैतडी - चितुवाको आक्रमणमा परी शिवनाथ गाउँपालिका–६, बसेडीका ११ वर्षीय बालक रबिन्द्रसिंह धनाडी घाइते भएका छन्। बुधबार बिहान ८ बजे विद्यालय जाँदा ओलेओखडानी भन्ने स्थानमा चितुवाले उनलाई आक्रमण गरेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक गिन्द्र बोगटीले  बताए।

धनाडीको गर्धन, अनुहार र पिठ्युमा घाउ भएकाे छ। घाइते बालकको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको प्रहरीले बताएको छ। यस अघि गत पुस ११ गते शिवनाथ गाउँपालिका–६ कै ४८ वर्षीया हिउकला धनाडी पनि चितुवाको आक्रमणबाट घाइते भएकी थिइन। वि.स. २०६८ यता बैतडीको दक्षिणी तल्लोस्वराड क्षेत्रमा चितुवाकाे आक्रमणमा परी २३ जनाको ज्यान  गएको छ भने १३ जना घाइते भएका छन्। 

 

प्रकाशित: २ माघ २०७५ ११:४३ बुधबार

चितुवा बैतडी आक्रमण