समाज

प्रहरीबाट बच्न खोलामा हाम फालेका तामाङको शव फेला

रसुवा– रसुवाको उत्तरगया गाउँपालिका २ का १९ वर्षीय मैते तामाङको शव फेला परेको छ। जलविद्युत आयोजनाको सामग्री चोरेको आरोपमा पक्राउ परेका तामाङ जिल्ला प्रहरी कार्यालय नुवाकोट लैजाने क्रममा नदीमा हाम फालेर बेपत्ता भएका थिए। 

गत पुस ४ गतेदेखि बेपत्ता भएका तामाङको शव मंगलबार फेला परेको र आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सामग्री चोरीको आरोपमा चार जना पक्राउ परेका थिए। 

तामाङलाई प्रहरीले खोलामा बगाइदिएको भन्दै स्थानीयले शान्ति बजारमा रहेको प्रहरी चौकीमा आक्रमण गरेका थिए।

प्रकाशित: २ माघ २०७५ ०५:५७ बुधबार

खोला मैते_तामाङ शव प्रहरी