समाज

एक किलो सुनसहित तीन महिला पक्राउ

फाइल तस्बिर

काठमाडौं – काठमाडौंको न्यूरोडबाट एक किलो सुनसहित तीन महिला पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार दिउँसो इन्द्रचोकबाट उनीहरुलाई सुनसहित नियन्त्रणमा लिएको हो। उनीहरुलाई सुन किनबेच गरिरहेको अवस्था नियन्त्रणमा लिएको परिसरका डिएसपी होविन्द्र बोगटीले बताए।

उनका अनुसार पक्राउ परेका महिला कालिकोटका भए पनि उनीहरुको परिचय गोप्य राखिएको छ। पक्राउ पर्नेमा एक जना सुन व्यापारीसमेत छन्। अन्य दुई जना भने सुन तस्करीका भरिया मात्र भएको खुलेको छ। बजारमा एक किलो सुनको मूल्य ४५ लाख रुपैयाँ भन्दा बढी हुन आउँछ।

प्रकाशित: १ माघ २०७५ ०४:०२ मंगलबार

महानगरीय_प्रहरी_परिसर सुन तस्करी पक्राउ