समाज

भ्याली अफ फायर स्टेट पार्कमा देखिएका 'विग हर्न सिप'

भ्याली अफ फायर स्टेट पार्क अमेरिकामा 'विग हर्न सिप' मुख्य आकर्षण रहेको छ। तस्बिर:शोभा ज्ञवाली/नागरिक

अमेरिका- भ्याली अफ फायर स्टेट पार्क अमेरिकाको एक प्रमुख पर्यटकीय गन्तव्य हो। यहाँ विभिन्न जीव जनावर तथा अन्य प्राकृतिक दृष्यको आनन्द लिन सकिन्छ। 'विग हर्न सिप' यहाँको आकर्षणको केन्द्र हो। यो भेडालाई नेभाडा राज्यले विशेष महत्व दिँदै 'स्टेट एनीमल'को दर्जा दिएको छ। यसको आवास पार्क क्षेत्र भए पनि त्यहाँ आक्कल झुक्कल मात्र देख्न सकिन्छ।

भाले भेडाको सिंग पोथीको तुलनामा केही ठूलो घुम्रिएको हुन्छ। यसको भालेलाई राम भन्ने गरिन्छ भने पोथीलाई यीवी भन्ने गरिन्छ। पाँच फिट लामो र १ सय ८० पाउण्ड तौल हुने यो भेडाको जीवन ६ देखि ८ वर्ष लामो हुने गर्छ।

 

 

अमेरिका भेडा पर्यटक