समाज

विद्यार्थी र व्यवसायीद्वारा कालिकोटका अग्नी पीडितलाई राहत प्रदान

काठमाडौं– विद्यार्थी र व्यवसायीबाट संकलित राहत रकम कालिकोटका अग्नी पीडितलाई हस्तान्तरण गरिएको छ। राजधानीमा युवा विद्यार्थी र ठमेलका व्यवसायीबाट संकलित २ लाख ४० हजार रुपैयाँ राहत रकम घटनास्थल पुगेर पीडितलाई हस्तान्तरण गरिएको हो।

राहत रकम लिएर युवा संघका नेता एवं व्यवसायी वकिल बमको नेतृत्वमा एक टोली घटनास्थल पुगेको थियो। नेकपाका कर्णाली प्रदेश कमिटी सदस्य धनजित शाही, नेता सूर्यबहादुर शाही, आरआर क्याम्पसका स्ववियु सभापति तपेन्द्रजंग शाही सदस्य शिव उपाध्याय, विष्णु रोकाया र स्थानीय जनप्रतिनिधि र स्थानीय प्रशासनका प्रतिनिधिको उपस्थितीमा पीडित परिवारलाई राहत हस्तान्तरण गरिएको नेता बमले बताए। 

उनका अनुसार २१ परिवारलाई १० हजार र २ परिवारलाई १५ हजारका दरले राहत रकम प्रदान गरिएको छ। पलाँता गाउँपालिका १ खाडामा केही दिनअघि आगो लाग्दा ८७ घर जलेर नष्ट भएको थियो।

प्रकाशित: २७ पुस २०७५ १५:२९ शुक्रबार

कालिकोट अग्नी_पीडित राहत