समाज

विद्युत् चुहावट गर्ने २४ जना पक्राउ

लहान  - हुकिङ गरी विद्युत् चुहावट गर्ने २४ जनालाई विद्युत प्राधिकरण वितरण केन्द्र लहानले पक्राउ गरेको छ। वितरण केन्द्र लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले लहानको पड्रिया, मटियर्वा, बर्छवालगायतका स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।

विद्युत् चुहाबट नियन्त्रणका लागि अनुगमन निरीक्षणको क्रममा हुकिङ गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा सबै जनालाई नियन्त्रणमा लिइएको विद्युत् प्राधिकरण लहानका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिए।

पक्राउ गरिएका सबैमाथि विद्युत् चुहावट ऐनअन्तर्गत कारवाही गरी दुई लाख ६० हजार रूपैयाँ राजश्व असुली गरेको प्रमुख यादवले बताए। सो क्रममा विद्युत् मिटर, पङ्खा र टिभीलगायतका समानसमेत बरामद गरिएको छ। (रासस)
 

प्रकाशित: २७ पुस २०७५ ०६:५० शुक्रबार

विद्युत्_चुहावट विद्युत_प्राधिकरण_वितरण_केन्द्र पक्राउ