समाज

ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु

रुकुम – सल्यानको श्रीनगरमा ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु भएको छ। रा१त  १४४१ को ट्याक्टरको ठक्करबाट रुकुम (पश्चिम) चौरजहारी नगरपालिका– १३ का २४ वर्षीय राजेश शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ। 

बिहीबार राती शर्माले ट्रक मर्मत गरिरहेका अवस्थामा ट्याक्टरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक बीरेन्द्रबहादुर शाहीले जानकारी दिए।

प्रकाशित: २७ पुस २०७५ ०६:०७ शुक्रबार

ट्याक्टर ठक्कर मृत्यु