समाज

मुर्ति चोरेको आरोपमा वडा अध्यक्ष पक्राउ

डोल्पा – उपल्लो डोल्पाको डोल्पोबुद्घ गाउँपालिकाका एक वडा अध्यक्ष मुर्तिचोरीको आरोपमा पक्राउ परेका छन्। शे–फोक्सुण्डो गाउँपालिका वडा नम्बर ४ स्थित राहाप गुम्बाका बौद्धमुर्ति चोरीको आरोपमा डोल्पोबुद्ध गाउँपालिका वडा नम्वर ५ का वडाअध्यक्ष ३५ वर्षीय कार्मा गुरुङ्गलाई काठमाडौ बौद्धबाटै प्रहरीले पक्राउ गरेको हो।

गएको स्थानीय तहको निर्वाचनमा डोल्पोबुद्ध गाउँपालिकाको वडानम्वर ५ को अध्यक्षमा गुरुङ्ग स्वतन्त्रबाट बिजयी भएका थिए भने पार्टी एकतापछि नेकपामा प्रवेश गरेका थिए। शे–फोक्सुण्डो गाउँपालिका वडा नम्वर ४ साल्दाङ्गस्थित राहाप गुम्बाकै बौद्घमुर्ति चोरीको आरोपमा  शे–फोक्सुण्डो गाउँ पालिका वडानम्वर ४ का ४१ वर्षीय उक्रेन पासाङ्ग गुरुङ,डोल्पोबुद्ध गाउँपालिका वडा नम्वर १ का ४१ वर्षीय झ्याम्पा छुल्डिम लामा वडा ३ का ४३ वर्षीय छिरिङ दावा गुरुङ्ग र शे फोक्सुण्डो गाउँपालिका वडा नम्वर ४३ वर्षीय पासाङ्ग लुण्डुप गुरुङ्गलाई विशेष अनुसन्धान ब्युरो सिआइबी परिचालित गरि काठमाण्डौको बौद्घबाटैपक्राउ गरेको थियो।

वडा अध्यक्षको पक्राउ सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी अवदेश बिष्टले मुर्तिचोरीको आरोपमा अनुसन्धानको क्रममा अझै केहि ब्यक्ति पक्राउ पर्ने क्रम रहेकाले अहिले नै यसै भन्न नसकिने बताए। यहि पुस २५ गते पत्रकार सम्मेलन गरि पक्राउ परेका ४ जनालाई जिल्ला प्रहरी कार्यालय डोल्पाले सार्वजनिक गरेको थियो। राहाप गुम्बाबाट४२ थान प्राचिन बौद्धमुर्तिहरू ८ वर्ष अघि नै चोरी भएको भएपनि यसै वर्षको गत असोजको अन्तिम सातातीर मात्र स्थानीयले थाहा पाएका थिए।

प्रकाशित: २७ पुस २०७५ ०४:५० शुक्रबार

डोल्पोबुद्ध_गाउँपालिकाका वडा_अध्यक्ष कार्मा_गुरुङ्ग मुर्तिचोरी पक्राउ