समाज

बुवाले बस व्याक गर्ने क्रममा छोराको मृत्यु

तनहुँ–बाबुले बस व्याक गर्ने क्रममा बन्दीपुर गाउँपालिका–४ पिप्लेमा छोराको मुत्यु भएको छ । पिकनिक जानका लागि बस चालक बलक थापाले ग १ ख ४६५८ नम्बरको बस फर्काउने क्रममा छोरा १५ बर्षीय बिश्वास थापालाई ठक्कर दिएको जिल्ला  प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बाबुले बस व्याक गरेको र छोराले पछाडिबाट इसरा दिने क्रममा बसको पछाडि भागले छातीमा लागेपछि गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले बताए। ‘उनको स्थानीय बन्दीपुर अस्पतालमा उपचारका क्रममा मृत्यु अर्यालले जानकारी दिए।

प्रकाशित: २७ पुस २०७५ ०४:४१ शुक्रबार

बस मुत्यु प्रहरी दुर्घटना