समाज

आन्तरिक उडानमा हवाई इन्धनको मूल्य प्रति लिटर १० रुपैयाँ घट्यो

काठमाडौ– नेपाल आयल निगमले आन्तरिक उडानका लागि हवाई इन्धनको मूल्य प्रतिलिटर १० रूपैयाँ घटाएको छ। निगमले आज राति १२ बजेदेखि लागू हुने गरी आन्तरिक उडानका हवाई  इन्धनको मूल्य प्रतिलिटर ९४ रुपैयाँ ५० पैसा कायम गरेको हो। 

१०४ रुपैयाँ ५० पैसा रहेको उक्त इन्धनको मूल्य गिरावटले दुर्गम क्षेत्रको हवाई भाडा घटाउने अपेक्षा वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवको छ। निगमको ४९औ वार्षिक उत्सवलाई सम्बोधन गर्दै यादवले भने,‘ दुर्गममक्षेत्रका मानिस जहाजमा ओहोरदोहोर गर्दा उनीहरुलाई मर्का परेकाले मुल्य घटाइएको छ।’

 

प्रकाशित: २६ पुस २०७५ १०:२७ बिहीबार

नेपाल_आयल_निगम हवाई_इन्धन