समाज

चोरी गर्ने ६ पक्राउ

काठमाडौं – काठमाडौं र भक्तपुरका विभिन्न स्थानबाट चोरी गरी फरार रहेका ६ जनालाई सामानसहित प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले कागेश्वरी मनोहरा नगरपालिका–९ अर्याल गाँउबाट सिन्धुपाल्चोक पाँचपोखरी–८ घर भएका २५ वर्षीय सुरेश तामाङलाई चोरी गरेको सामानसहित मंगलबार प्रहरीले पक्राउ गरेको हो।

काठमाडौं बूढानीलकण्ठ–८ गोल्फुटार डेरा गरी बस्ने सिन्धुपाल्चोक पाँचपोखरी–८ घर भएकी बिना लामाको कोठाबाट २६ हजार रुपैयाँ, सुनको रिङ २ थान, सुनको जन्तर १ थान चोरी भएको अभियोगमा उनलाई पक्राउ गरेको हो।

त्यस्तै, भक्तपुरका विभिन्न स्थान र समयमा चोरी गरेको सामान सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा ललितपुर बस्ने काभ्रेका गोविन्द तामाङ, कोटेश्वर बस्ने रामेछापका राहुल मगर, थानकोट बस्ने मकवानपुरका सुनिल आलेमगर, भक्तपुर सूर्यविनायकका मधु महत र सबिन महत रहेका छन्।

उनीहरुले भक्तपुर नगरपालिका–२ बस्ने रोशन गाइँजुको सगरमाथा बिल्डर्स प्रालिबाट पुस २२ गते चोरी भएको घटनामा संलग्न अभियुक्तहरुको खोजी गर्ने क्रममा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले चोरीमा प्रयोग भएको बा२ख ३७ नम्बरको बस, गाडीको डिस ४ थान र गाडीको टायर ४ थानसहित उनीहरुलाई पक्राउ गरेको थियो।

प्रकाशित: २६ पुस २०७५ ०१:५४ बिहीबार

उपत्यका चोरी पक्राउ