समाज

माघेसंक्रान्तिमा गण्डकी बिदा, पृथ्वीजयन्तीलाई बेवास्ता

पोखरा - माघ १ गते माघेसंक्रान्ति पर्वमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ। नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्मजयन्तीमा भने बिदा दिईएको छैन्। पृथ्वीनारायण शाहको जन्मस्थान गोरखा जिल्ला अहिले गण्डकी प्रदेशमा पर्छ।

मन्त्रिपरिषदको बुधबारको नियमित बैठकले थारु र मगरहरुको पर्व माघेसंक्रान्तिमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। पुस २७ गते पृथ्वीजयन्तीको दिन बिदा भने नदिने भएको छ। सरकारका प्रवक्ता रामशरण बस्नेतले सामाजिक सद्भाव कायम राख्न माघ १ गते बिदा दिने निर्णय गरिएको जानकारी दिए। पृथ्वीजयन्तीको बिदा भने संघले नै निर्णय गर्नुपर्ने उनले बताए।

 

प्रकाशित: २५ पुस २०७५ ०९:५१ बुधबार

गण्डकी_प्रदेश माघेसक्रान्ति