समाज

मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु

भक्तपुर – भक्तपुरको सल्लाघारीमा बुधबार भएको सवारी दुर्घटनामा १ जनाको मृत्य भएको छ। सुर्यविनायक नगरपालिका ५ सल्लाघारी चोकस्थित सृजनानगरबाट दुवाकोटतर्फ जाँदै गरेको बा९४प ७१७४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक भक्तपुर चाँगुनारायण नगरपालिका ४ बस्ने वर्ष २९ का सहिद तामाङको मृत्यु भएको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

मोटरसाइकलमा सवार २ जना घाइते भई उपचारका लागी नजिकैको डा.ईवामुरा अस्पताल सल्लाघारी भक्तपुरमा लगिएकोमा मोटरसाइकल चालक तामाङको उपचारकै क्रममा मृत्य भएको परिसरका सुचना अधिकृत रेवतीरमण पोखरेलले बताए। मोटरसाइकल पछाडी सवार भक्तपुर चाँगुनारायण नगरपालिका ४ बस्ने वर्ष २७ का सेरबबहादुर तामाङको उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित: २५ पुस २०७५ ०६:२१ बुधबार

मोटरसाइकल_दुर्घटना सल्लाघारी सहिद_तामाङ मृत्य